Pages

Showing posts with label Harka Khadayat. Show all posts
Showing posts with label Harka Khadayat. Show all posts

Deshle Hareko Yuddha

 लोकसंगीतको क्षेत्रमा परिचित युवा हर्क खडायतले उपन्याससमेत लेखेर नयाँ परचिय बनाएका छन्। देशले हारेको युद्ध उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक(अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन्।